डा. गोविन्द केसीले मागे प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामा

हेल्थपोस्ट नेपाल

चिकित्सा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको राजीनमा माग गरेका छन्।

डा. केसीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जवरा न्यायिक विचलन, भागवण्डा, सौदावाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भै न्यायिक नैतिकताबाट च्युत भएको भन्दै

न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल राजीनामाको दिनुपर्ने जनाएका छन्।

तत्काल राजिनमा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्न समेत चेतावनी दिएका छन्।

‘पदिय हैसियतको अवज्ञा गर्न सरोकारवाला सबैमा अपिल गछौं। तत्काल राजिनामा नदिएमा उहाँको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *