रहेनन् अमेरिकी टिभी स्टार टाइलर

हेल्थपोस्ट नेपाल

अमेरिकन टेलिभिजन सिरिज ‘फ्रेन्डस’ मा गन्थरको भूमिकाका कारण चर्चित अभिनेता जेम्स माइकल टाइलरको निधन भएको छ।

उनलाई सन् २०१८ मा प्रोस्टेट क्यान्सर देखिएको थियो । ५९ वर्षीय टाइलरको आइतबार लस एन्जिल्सस्थित आफ्नै घरमा निधन भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

सन् १९९४ मा ‘फ्रेन्डस्’बाट अभिनय यात्रा सुरु गरेका टाइलर सन् २००४ सम्म सो सिरिजमा अभिनय गरे । कमेडी जनराको सो सिरिजमा गन्थरको चरित्रले टाइलरलाई चर्चित बनाएको थियो।

‘फ्रेन्डस्’पछि उनले जस्ट सुट मी, सब्रीना, दि टिन एज वीच’, स्क्रब्स, आइरन सेफ अमेरिका, एपिसोड्स, मोर्डन म्युजिक, फ्रेन्डस् रियुनियनलगायतका सिरिजमा अभिनय गरेका थिए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *