आज १० हजार ३६० सक्रिय संक्रमित, १३ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ७७६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १० हजार ८६४ नुमना परीक्षण गरिएकोमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं उपत्यकामा २२७ थपिएका छन्। जसमध्ये काठमाडौंमा १८५, ललितपुरमा ३३ र भक्तपुरमा ९ संक्रमित छन्।

सोही अवधिमा भने ५ सय १ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन्। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।

सोमबार १० हजार ३६० सक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार ६१७ होम आइसोलेसन तथा ७४३ संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको निधन भएको छ। मन्त्रालयको तथ्यांक अनुसार कोरोनाबाट ११ हजार ३६१ जनाले ज्यान गुमाइसकेका छन्।

आज देशभर ७४ भेन्टिलेटरमा सहित २५४ जनाको आइसियूमा उपचार भइरहेको छ। मन्त्रालयको अनुसार देशभर २१९ जना क्वारेन्टाइनमा छन्।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *