चीनमा पुनः फैलिन थाल्यो कोरोना भाइरस

हेल्थपोस्ट नेपाल

चीनमा पुन: एक पटक कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् ।

भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् ।

चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार अहिले चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ ।

अक्टोबर १७ देखि संक्रमण लहर ११ प्रान्तमा फैलिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले जानकारी दिएका छन् ।

उनले महामारीबाट प्रभावित स्थानमा ‘आपतकालीन उपाय’ अपनाउनुपर्ने अपिल समेत गरेका छन् ।

चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पटक देखिएको भाइरस र यसअघि चीनमा देखिएको भाइरसमा कमै मात्र समानता देखिएको छ ।

आयोगले जनाए अनुसार शनिबार चीनमा २६ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । यसमध्ये इनर मंगोलियाका सात, गङ्सु तथा निङसियाका छ, बेइजिङका चार, र हेवेइ, हुनान र शाङसीका एक-एक जना संक्रमित रहेका छन् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *