एघारौं तहमा १२० भन्दा बढी चिकित्सक, तर संघको अस्पतालमा ८ औं तहलाई जिम्मेवारी!

हेल्थपोस्ट नेपाल

डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्टमा डा.चेतराज भट्टले जिम्मेवारी पाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त मेसुको रुपमा डा.भट्टलाई जिम्मेवारी दिएको हो।

८औं तहका चिकित्सक भट्टलाई मन्त्रालयले आइतबार पत्रसमेत पठाइसकेको छ। डा.भट्ट करिब १० महिनादेखि डडेल्धुरा अस्पतालमै छन्।

डडेल्धुरा अस्पतालका संघीय सरकार मातहत रहेकोे छ।

यसअघि अस्पतालमा डा. जगदीशचन्द्र विष्ट मेसु थिए। अस्पतालमा ११औं तहका मेसुको दरबन्दी छ । तर, अस्पतालमा ११औं तहका चिकित्सक रिक्त छन्।

स्वास्थ्य सेवामा ११ औं तहका १२० जना कार्यरत छन्। तर, सरकारले ८ औं तहको चिकित्सकलाई जिम्मेवारी दिनुपर्ने अवस्था आइपरेको छ।

भट्टले यस अगाडि स्वास्थ्य सेवा विभाग, दार्जुला अस्पताललगायतका क्षेत्रमा काम गरिरहेका छन्।

पारिश्रमिक ज्यादै न्यून भएको र कष्ट मोलेर दुर्गममा जाँदा पनि सेवा–सुविधा वृद्धि नहुँदा सरकारी चिकित्सकको सुगम छोड्न मान्दैनन्।

सुगममा बस्दा दोहोरो फाइदा चिकित्सक सुगममा बस्दा सरकारी र निजी दुवै स्वास्थ्य संस्थामा सजिलै काम गर्न पाइन्छ। जहाँ दोहोरो सुविधा मिल्छ भने अध्ययनका लागि पर्याप्त समय मिल्छ । जसले गर्दा दुर्गम क्षेत्रमा जान चिकित्सक रुचाउने गरेका छैइनन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *