३५ दिनभित्र कागजात पुरा गराउन स्वास्थ्य व्यवसायी परिषद्को निर्देशन

स्वास्थ्य व्यवसायी परिषद्को ३५ दिने सूचना जारी गरेको छ।
परिषद्ले लाइसेन्स फाइल पेन्डिङमा रहेकालाई आवेदकहरुका लागि ३५ दिनभित्र (कात्तिक १० गतेदेखि मंसिर १२ गते सम्म) सम्पूर्ण कागजात हरु पुरा गराउन सूचित गरेको छ।
परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहमा नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) लागि अनलाइन आवदेन दिई कागजात अपुग भएकाहरुलाई ३५ दिन भित्र कागजात पुरा गर्न सूचना जारी गरेको हो।
तोकिएको समयमा कागजात पुरा नगरेमा आवेदन स्वतः रद्द हुने र पुनः अनलाइन आवेदन गरी नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) मा सहभागि हुनु पर्ने पनि परिषद्ले स्पष्ट पारेको छ।
4 barsh pura huda ahw le aabedan din paux ki paudain.