अझै कति दिन पर्छ पानी? यसाे भन्छन् मौसमविद्

आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ। नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसकारण आज दिउँसो देशभर बदली रहनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ।
ठूलो पानी पर्ने सम्भावना भने आज नरहेको मौसमविदले बताएका छन्।
यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
सोमबार राति गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।