एकैपटक आइओएमले बढायो ६ हजार ५ सय परीक्षा शुल्क, विद्यार्थीको विरोध

हेल्थपोस्ट नेपाल

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले चिकित्सा शिक्षा स्नातक तहको परीक्षा शुल्क बढाएको छ। आइओएमले एक सूचना परीक्षा शुल्क बढाएको जनाएको छ।

अन्डर ग्य्राजुयट (स्नातक तह) तहको नियमित परीक्षामा एक जना विद्यार्थी प्रतिवर्ष ९ हजार शुल्क लिनुपर्ने जनाएको छ। जबकि यसभन्दा अगाडी २ हजार ५ सय मात्रै थियो।

मेडिकल कलेजहरुलाई परीक्षा शुल्क बढाएको भन्दै पत्र समेत पठाइसकेको छ। एकैपटक ६ हजार ५ सय परीक्षा शुल्क बढाएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्।

आइओएमले सम्बन्धन प्राप्त कलेजका प्रतिनिधिहरुबीच परीक्षा सञ्चालन शुल्क निर्धारण गर्ने सम्ब्न्धमा छलफल हुँदा चिकित्सा शिक्षा अध्यापन गर्ने काठमाडौं विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालय मातहातका कलेजबाट लिइने परीक्षा सञ्चालन शुल्क आधार मानी सोही अनुरुपको शुल्क कायम गरिएको जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *