अमेरिकाले अनुदानमा दिएको फाइजर खोप काठमाडौं आइपुग्यो

काठमाडौं – अमेरिकी सरकारले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको फाइजर खोप काठमाडौं आइपुगेको छ। कतार एयरलाइन्सको विमानबाट आज बिहान खोप नेपाल आइपुगेको हो।
अमेरिकाले नेपाललाई उपलब्ध गराएको १ लाख ६२० मात्रा खोप नेपाल आइपुगेको हो।
अमेरिकाको फाइजर र जर्मनीको बायोनटेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन्। फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ। नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन प्रयोग भइसकेको छ ।
यसअघि गत असारमा पनि अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख ३ हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो।