अमेरिकाले दिएको १ लाख मात्रा फाइजर खोप नेपाल आइपुग्दै

काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको १ लाख ६२० मात्रा फाइजर खोप आज नेपाल आइपुग्दै छ।
अमेरिकी दूतावासले उक्त परिमाणको खोप आज नेपाल आइपुग्ने बताएको हो। यसअघि गत असारमा पनि अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख ३ हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो।