वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य डिस्चार्ज

हेल्थपोस्ट नेपाल

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन्।

दमको समस्या भएपछि नर्भिक अस्पतालमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन्।

उपचारमा संलग्न चिकित्सकको अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।

वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको भान्जा प्रशान्त वलीले जानकारी दिए।

वलीका अनुसार वैद्यलाई चिकित्सकले घरमै आराम गर्न सुझाव दिएका छन्।

उनी लामो समयदेखि दमबाट पिडीत छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *