कोरोना संक्रमणबाट मृत्यु हुने संख्या तीनमा झर्‍यो

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमितको निधन भएको छ।

कोरोना संक्रमण कम भएसँगै केही दिनयता मृत्यु हुने संख्यामा पनि कमी हुँदै आएको छ।

आइतबार थपिएका सँगै नेपालमा ११ हजार ३४८ जना संक्रमितको निधन भइसकेको छ।

सोही अवधिमा भने ५ सय ५७ नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ७ हजार ६२५ नमुमना परीक्षणमा ५ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार देशभर १० हजार २०१ सक्रिय संक्रमित छन्। तीमध्ये ९ हजार ४२३ होम आइसोलेसन र ७७८ जना संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा ८७७ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ९७.२ प्रतिशत संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको अनुसारआज ८५ भेन्टिलेटरमा सहित २७३ जना आइसियूमा राखि उपचार भइरहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *