नेपाली सेनाले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी

नेपाली सेनाले विभिन्न पदमा स्वास्थ्यको कर्मचारी माग गरेको छ।
सैनिक कल्लाणकारी महानिर्देशनालयले एक सूचना जारी गर्दै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी ५० भन्दा बढीको लागि आवेदन खुल्ला गरेको छ।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, इटहरी, नेपालगन्ज, पोखरा, बर्दिबास र धनगढीमा सञ्चालिन सैनिक अस्पतालका लागि कर्मचारीको माग गरिएको छ ।
जनरल सर्जन, गाइनोकोलोजिष्ट, फिजिसियन, मेडिकल अफिसर, स्टाफ नर्स, प्रयोगशाला प्राविधिक लगायत विभिन्न दरखास्त आह्वान गरिएको छ ।
साथै नेपाली सेनाले चिकित्सा शिक्षा अध्ययन गराउने विश्व विद्यालय तथा संस्थानका लागि सहप्राध्यापक, उपप्राध्याक तथा केही कर्मचारी समेत माग गरेको छ ।
योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र दरखास्त दिन सकिनेछ।
हेरौं सूचना
Kk postma khuleko ho spastahos