अमेरिकी फाइजर खोप नेपाल भित्रिँदै, सोमबार आइपुग्ने

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप भ्याक्सिन सहयोग गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोगस्वरूप उपलब्ध गराइएको हो।
अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ। यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो। यसअघि जुलाईमा अमेरिकाले कोरोनाविरुद्धको १५ लाख जोन्सन एन्ड जोन्स खोप नेपाललाई सहयोग गरेको थियो।
दूतावासले सम्भवत भोलि नै खोप आइपुग्ने जानकारी दिएको छ।
Breaking: From the United States ➡️ Nepal. The United States is donating 100,620 Pfizer vaccines to the people of Nepal, the arrival is expected tomorrow! This adds to the 1.53 million J&J vaccines given by the U.S. to Nepal in July. #inthistogether 🛬
— U.S. Embassy Nepal (@USEmbassyNepal) October 24, 2021