उत्तर कोरियामा चरम खाद्य संकट, भोकमरीका कारण मानिसहरुले आत्महत्या गर्न थाले

हेल्थपोस्ट नेपाल

उत्तर कोरियामा चरम खाद्य संकट उत्पन्न भएको छ। संयुक्त राष्ट्रसंघको एक रिपोर्टका अनुसार खाद्य संकटका कारण मानिसहरुले आत्महत्यासमेत गर्न थालेका छन्।

कोरोना संक्रमण नफैलियोस् भनेर उत्तर कोरियाली नेता किम जोङ उनले २ वर्षदेखि देशका सबै सीमा बन्द गरेपछि यस्तो स्थिति उत्पन्न भएको बताइएको छ।

 

खाद्य संकटको सबैभन्दा ठूलो असर ज्येष्ठ नागरिक र बालबालिकामा परेको बताइएको छ। राष्ट्रसंघका विशेष सुपरीवेक्षक थोमस ओजिया क्विन्टानाले ६ वर्षपछि महासभामा आफ्नो रिपोर्ट पेश गरेका छन्। उनले भनेका छन्, ‘उत्तर कोरियामा आन्दोलनमा प्रतिबन्ध छ। मानिसहरु देशबाहिर जान पनि सक्दैनन्। मानिसहरुलाई तत्काल दैनिक जीवनयापन गर्ने सामान आवश्यक छ। नभए ठूलो संख्यामा मानिसहरु भोकै मर्ने संकट आउनेछ।’

उनका अनुसार भोकमरीको विषय नेता किमलाई समेत थाहा छ।

२ करोड ६० लाख जनसंख्या भएको उत्तर कोरिया गरिब एशियाली मुलुकमा पर्छ। उत्तर कोरिया बर्सेनि करिब साढे ३ अर्ब डलर ब्यालिस्टिक मिसाइलमा खर्च गर्छ। तर भोकमरीले यहाँका लाखौं मानिस प्रभावित छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *