स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दिपेन्द्ररमण सिंह

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन डा. दिपेन्द्ररमण सिंहले जिम्मेवारी पाएका छन्।

स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार डा. दिपेन्द्ररमण सिंह पुन जिम्मेवारी  दिइएको छ। शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट डा. सिंहलाई विभागको महानिर्देशक नियुक्ती दिएको हाे।

विभागका निमित्त महानिर्देशक डा. आरपी विच्छाको ६० बर्षे अवधी पुरा भएकै दिन आइतबारबाट नै डा. सिंहलाई विभागको जिम्मेवारी दिएको स्रोतले जनाएको छ।

डा. सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत १९ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै जिम्मेवारीबाट हटाएका थिए । १२ औं तहको पदमा बाह्रौं तहका तत्कालिन महानिर्देशक डा. सिंहलाई हटाएर एघारौँ तहका डा. विच्छालाई विभाग पठाउने निर्णय आलोचित भएको थियो।

आइतबारबाट अनिवार्य अवकाश पाउने भनिए पनि डा. बिच्छाको कार्यकाल दुई बर्ष थपिएको छ। यसरी सेवा अवधि थप भएका कर्मचारीले महानिर्देशक, निर्देशक तथा कुनै पनि प्रशासनिक पदमा बस्न भने पाउँदैनन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *