आज १० हजार ५५९ जना सक्रिय संक्रमित, ८ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ९३१ नमुना परीक्षण गर्दा पाँच सय १३ जना संक्रमित थपिएका हुन्।

चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार ७५७ होम आइसोलेसन र ८०२ संस्थागत आइसोलेसनमा छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८१७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।

त्यस्तै, काठमाडौं उपत्यकामा २१३ थपिएका छन्। जसमध्ये काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित छन्।
मन्त्रालयको अनुसार शनिबार देशभर ८० भेन्टिलेटरमा सहित २६८ जनाको आइसियूमा राखि उपचार भइरहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *