इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारीको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ।
लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो।
अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमती हुन्।
गाउँपालिका अध्यक्ष बंशलाल तामाङका अनुसार अधिकारीको मृत्यु बिहान सात बजे भएको हो।
५१ वर्षीया अधिकारीका तीन छोरी छन्।