आयुर्वेद चिकित्सक डा. शेषराज आचार्यको निधन

हेल्थपोस्ट नेपाल

आयुर्वेद चिकित्सक तथा साहित्यकार डा. शेषराज आचार्यको ७८ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ । विसं २००० मा तनहुँमा जन्मिएका आचार्यले आयुर्वेदमा आचार्यसम्मको अध्ययन गरेका थिए ।

उनलाई आयुर्वेद क्षेत्रमा ‘भीष्मपितामह’का रुपमा चिनिन्छ।

एकचालीस वर्ष नेपाल सरकारको सेवामा बिताएका उनी आयुर्वेदका विज्ञ थिए । उनले  नरदेवी आयुर्वेद औषधालय र आयुर्वेद विभागमा निर्देशक पदमा रही कार्य गरेका थिए। यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशकका रूपमा पनि उनले जिम्मेवारी निर्वाह गरेका थिए ।

कोरोना संक्रमित भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका आचार्यको शुक्रबार  दिउँसो निधन भएको उनका भाइ डा. व्रतराज आचार्यले जानकारी दिए ।

स्वर्गीय आचार्यका श्रीमती डा. कादम्बरी आचार्य, चार छोरा र दुई छोरी छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *