एमाले नेता योगेश भट्टराईलाई पिसाबमा संक्रमण, पाँच दिन अस्पताल बस्नुपर्ने

हेल्थपोस्ट नेपाल

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन्।

बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि उनी शुक्रबार वीर अस्पताल भर्ना भएका हुन्।

भट्टराईको अहिले वीरको भीआइपी कक्ष उपचार भइरहेको छ।

अस्पतालका चिकित्सकका अनुसार उनलाई पिसाब संक्रमण तथा मधुमेहको समस्या छ।

‘उहाँलाई उच्च ज्वरो छ। तर, कोरोना रिर्पोट भने नेगेटिभ आएको छ,’ चिकित्सकले भने, ‘ पिसाबमा संक्रमण तथा मधुमेहको समस्या भएकोले भर्ना हुनुभएको हो।’
चिकित्सक अनुसार भट्टराई पाँच–छ दिनजति भर्ना भएर बस्नुपर्ने छ।

भट्टराईलाई अहिले युरोलोजिष्ट डा. अनिल श्रेष्ठले हेरिरहेका छन्। अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि राजनीतिक भेटघाट बन्द गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *