एमाले नेता याेगेश भट्टराई वीर अस्पताल भर्ना

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन्।
बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि उनी शुक्रबार अस्पताल भर्ना भएकाे वीर अस्पतालका प्रमुख डा.भुपेन्द्र बस्नेतले जानकारी दिए।
अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि राजनीतिक भेटघाट बन्द गरिएको छ।