१० हजार ९४६ सक्रिय संक्रमित, ११ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय ५३ पिसिआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । अहिलेसम्म ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् । याे अवधीमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना छन्। जसमा १० हजार ११६ जना होम आइसोलेसन, ८३० जना संस्थागत आइसोलेसनमा छन्। यस्तै २७९ जना आइसियू र ९१ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ।

याे अवधीमा मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७१, झापामा ५९, रुपन्देहीमा ४१, मोरङमा ३४, ललितपुरमा ३३, कास्कीमा २३, चितवनमा २२, भक्तपुरमा १८, नुवाकोटमा १३ तथा मकवानपुर र कैलालीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *