मोदीले भने : भारतले भ्याक्सिनमा कठिन तर असाधारण लक्ष्य हासिल गर्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको भ्याक्सिन अभियानमा देशले कठिन तर असाधारण लक्ष्य हासिल गरेको बताएका छन्। १ सय करोड डोज खोप लगाइएको अवसरमा राष्ट्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो सफलताका पछाडि १३० करोड देशवासीको कर्तव्यशक्ति लागेको बताए।
‘भारतको यो ताकतलाई आज पूरा विश्व देखिइरहेको छ, महसुस गरिरहेको छ। यो सबैको जीवन उदाहरणको नतिजा हो। अब दुनियाका लागि भारत सुरक्षित देश बनेको छ।’, मोदीले भने।
उनले भारतका लागि कोरोनासँग लड्नु मुस्किल रहेको शंका व्यक्त भइरहेका बेला पाएको यो सफलता देशका लागि गर्व गर्न लायकको भएको बताए।
प्रधानमन्त्री मोदीले जसरी रोगले धनी-गरिब भनेर भेदभाव गर्दैन त्यसरी नै आफूहरुले पनि भ्याक्सिन अभियानमा कसैलाई भेदभाव नगरेको र सबैलाई समान व्यवहार गरेको बताए।