बेलायतमा एकै दिन थपिए करिब ५० हजार कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

बेलायतमा कोरोनाबाट एकै दिन करिब ५० हजार जना संक्रमित भएका छन्। गत २४ घन्टामा थप ४९ हजार १३९ जनामा संक्रमण पुष्टि भएको छ। तीन महिनापछिकै यो संख्या सबैभन्दा बढी हो।

सोमबारमात्रै पनि बेलायतमा ४९ हजार जनामा संक्रमण देखिएको थियो।

 

पछिल्ला केहीदिनमा संक्रमण बढ्दै गएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म संक्रमित हुनेको कुल संख्या करिब ८५ लाख ८९ हजार पुगेको जनाएका छन्। स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७९ जनाको निधन भएको छ। यो समेतगरि १ लाख ३९ हजारभन्दा धेरै मानिसको संक्रमणबाट ज्यान गएको छ।

महिनौंपछि ठूलो संख्यामा संक्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोनसनले थप सतर्कता अपनाउन आग्रह गरेका छन्।

यसैबीच बेलायतका स्वास्थ्य अधिकारीले सरकारलाई बेलायतमा हिँडडुलमा कडाई गर्न तथा अन्य सामाजिक गतिविधिहरुमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *