सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

विश्वमा पहिलोपटक सुँगरको मृगौला मानव शरीरमा प्रत्यारोपण गरिएको छ। प्रत्यारोपण अमेरिकाको न्युयोर्कस्थित एनवाईयु लानगन हेल्थले गरेको हो।
सामान्यतः अन्य मानिस वा जनावरको अंग मानिसको शरीरले अस्वीकृत गर्ने गर्छ। तर वैज्ञानिकहरुले सुँगरको मृगौला प्रत्यारोपण गर्नुअघि नै सुँगुरको जीनलाई ‘रिजेक्सन’ नहुने गरी मिलाएको थियो।
प्रत्यारोपण गर्दा बिरामीको शरीरमा कुनै पनि किसिमको रिजेक्सन नभएका कारण प्रत्यारोपण सफल भएको हो।
यो प्रत्यारोपण मष्तिस्क मृत्यु भएकी महिलामा गरिएको थियो जसको मृगौलाले राम्ररी काम गरेको थिएन। परिवारसँग अनुमति लिएर श्वास रोकिनुभन्दा अगाडि उनको परीक्षण गरिएको थियो।
मृगौला तीन दिनसम्म उनको रक्त वाहिनीमा राखी अनुुसन्धान गरिएको थियो।
मृगौलाले सामान्य रुपमा नै काम गरेको परीक्षणको नतिजाले देखाएको सर्जन डा। रोर्बट मोन्टगोमेरीले बताए।
प्रत्यारोपित मृगौलाले मानव मृगौलाको जति नै पिसाब बनाएको थियो। उनले भने, ‘जीन परिवर्तन गरेको सुँगुरको मृगौलाले कुनै पनि रिजेक्सन देखाएको छैन। यो प्रत्यारोपण गरेपछि विरामीको बिग्रिएको मृगौलाले पुनः काम गर्न थालेको थियो।’
अंग प्रत्यारोपणको समस्या संसारभर नै रहेको छ। अमेरिकामा मात्र एक लाख ७ हजार मानिस अंग प्रत्यारोपणका लागि पालो कुरिरहेका छन्। जसमध्ये ९० हजारले मृगौला प्रत्यारोपण रहेका छन्। झण्डै ३ देखि ५ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ।
वैज्ञानिकहरुले दशकौंदेखि नै जनावरको अंग मानवमा प्रत्यारोपण गर्ने प्रयास गरिरहेका थिए। तर रिजेक्सन हुने भएका कारण त्यसको समाधानको खोजीमा थिए।
त्यसपछि मोन्टगोमेरिको टिमले सुँगुरको जीनमा भएको रिजेक्सन गर्ने कार्बोहाइड्रेट निकालेर हेर्ने थ्योरी बनाए।
सोही अनुसार सुँगुरको जीन अल्टर गर्ने कार्य अमेरिकामा सुरु भयो। युनाइटेड थेरापेटिक कर्पोरेसन रेभिभिकोर युनिटको स्थापना गरिएको छ,
जसलाई युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रसनले २०२० मा अनुमोदन गरेको थियो।
जीन परिवर्तन गरिएको सुँगुर (गलसेफ) को मुटु तथा छालाको पनि प्रयोग गर्न सकिन्छ कि भनेर वैज्ञानिक अनुसन्धान गरिरहेका छन्।