६ बर्षीय छोरासहित खोलामा हेलिइन स्वास्थ्य स्वयंसेविका

डिलाशैनी गाउँपालिका–४ मठैराजकी एक स्वास्थ्य स्वयंसेविका ले ६ बर्षीय छोरासहित जमाडी गाडमा हामफालेकी छन् ।
हाडाकोट स्वास्थ्यचौकीमा कार्यरत २९ बर्षीया जयन्ती बिष्टले मंगलवार बिहान करिब १० बजेतिर छोरासहित जमाडी खोलामा हाम फालेकी हुन ।
बेपत्ता आमाछोराको अवस्था अज्ञात छ । स्थानीयका अनुसार उनका श्रीमान भारतबाट घर फर्किएको केही दिन मात्रै भएको थियो ।
परिवारमा श्रीमान र दुई छोरीहरु रहेको र नदीमा हाम फाल्नुको कारण नखुलेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए ।
‘स्थानीयहरु खोजीमा जुटेका छन, तर भेट्टाएका छैनन,’ उनले भने, ‘कपडा मात्रै भेटिएको छ ।’