बागमती प्रदेशले माग्यो स्वास्थ्य कर्मचारी

हेल्थपोस्ट नेपाल

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले केही संख्यामा स्वास्थ्यकर्मी मागेको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै  चिकित्सक, स्वास्थ्यकर्मी गरी ९ जनाको आदेवन माग गरेको हो।

मन्थली अस्पतालका लागि नवौँ तहको चिकित्सक एक जना र सहायक पाचौँ तहको एनेस्थेसिया असिस्टेन्ट एक जना माग गरिएको छ। त्यसै गरी नगरमा रहेका विभिन्न स्वास्थ्य चौकीमा नियुक्तिका लागि हेल्थ असिस्टेन्ट २ जना, अहेब ४ जना र अनमी १ जना माग गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराम भरी पेस गर्न आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *