स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले

हेल्थपोस्ट नेपाल

स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त भएका छन्।

स्वास्थ्य कार्यालय प्रमुख जिम्मेवारी सम्हाल्दै आएका बद्रि बहादुर खड्का बागमती स्वास्थ्य मन्त्रालयको सचिवमा दुई हप्ताअघि नियुक्त भएका थिए।

स्वास्थ्य मन्त्रालयले कार्यालय प्रमुख बिहिन भएपछि काफ्लेलाई नियुक्ती दिएको हो।

उनी यसभन्दा अगाडी बागमती स्वास्थ्य निर्देशनालय हेटौंडामा कार्यरत थिए।

काफ्लेले हेल्थपोस्ट कुरागर्दै आफूले पत्र बुझिसकेको बताए।

‘आजबाट कार्यालय हाजिर भएको छु। सरकारले नयाँ जिम्मेवारी दिएको छ। उक्त जिम्मेवारी अनुसार काम अगाडि बढाउँछु,’ उनले भने।

उनले कार्यालयबाट हुने सेवा प्रबाहमा कुनै पनि कसर बाँकी नराख्नी काम गर्ने दावी गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *