यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

हेल्थपोस्ट नेपाल

सरकारले देशभर बाढीपहिरोबाट प्रभावितहरुलाई राहत तथा क्षेतिपूर्तिकाे घाेषणा गरेकाे छ। बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्दै घाइतेहरुका निःशुल्क उपचार गर्ने निर्णय गरेको हाे ।

बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र साेभन्दा बढीकाे मृत्यु भएकाे भए प्रतिमृतक एक लाखका दरले थप सहयाेग गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।

त्यस्तै बैठकले घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन ५० हजार रूपियाँ र पछि घर निर्माणका हिमाली भेगमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरेकाे छ।

जग्गा जमिन नभएका बाढीपहिराेपीडितलाई जग्गा खरिदका लागि प्रतिपरिवार तीनलाख रूपियाँ उपलब्ध गराउने अथवा सामूहिक घरकाे व्यवस्था गर्ने निर्णय भएकाे मन्त्री खाँणले बताए।

गृहमन्त्री खाँणका अनुसार प्रधानमन्त्री देउवाले घाइतेहरुको निःशुल्क उपचार गर्दै राहत र उद्धारको कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

यसैगरी उद्भार कार्यका लागि निजी क्षेत्रका हेलिकाेप्टर पनि प्रयाेगमा ल्याउने निर्णय भएकाे मन्त्री खाणले पत्रकारहरूलाइ जानकारी दिए। विपद् व्यवस्थापन समितिले बुधबार बिहान नै घरबारविहीन परिवारलाई ५० हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *