११ हजार ५७९ जना सक्रिय संक्रमित, १३ जनाको निधन

हेल्थपोस्ट नेपाल

नेपालमा थप ६ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४ सय २६ नमुना परीक्षणमा ६ सय ६२ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार २२ जनाको पिसिआर परीक्षण र १४०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ११ हजार ५७९ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २७० पुगेको छ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ७५८ जना संक्रमित निको भएका छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा २५३ थपिएका छन्। जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ संक्रमित छन्। मन्त्रालयको तथ्यांक अनुसार १० हजार ७७२ होम आइसोलेसन र ८ सय ७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै, १०४ भेन्टिलेटरमा सहित २७६ जनाको आइसियूमा राखि उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *