यी ७८ वटा अस्पतालमा अब पाइनेछ कोरोनाको निःशुल्क उपचार [सूची]

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि  निःशुल्क उपचार हुने  ७८ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाको सूची सार्वजनिक गरेको छ ।

कुन प्रदेशमा कति?

मन्त्रालयले सूचीकृत गरेको कोभिड अस्पतालका संख्या बागमती प्रदेशमा २१ वटा छन्।

प्रदेश १ मा १४, प्रदेश २ मा ८, गण्डकी प्रदेशमा ६ वटा अस्पतालले  निःशुल्क उपचार सेवा दिन्छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशमा ८, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० वटा अस्पतालसँग सरकारले सम्झौता गरेको छ।

मन्त्रालयले यी अस्पतालमा उपचार भएको बिरामीको संख्याका आधारमा रकम उपलब्ध गराउने छ।

मन्त्रालयले समान्य लक्षण भई अस्पताल भर्ना भएका बिरामीको उपचार गरेवापत ३ हजार ५००, मध्यम जटिल बिरामीको उपचार गरेवापत ७ हजार र जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत १५ हजार उपचार शुल्क उपलब्ध गराउने  गरेको छ।

काठमाडौं उपत्यकामा २० वटासहित देशभर कोभिड केयर युनिट सञ्चालनमा रहेका अस्पतालबाट संक्रमितको निःशुल्क उपचार भइरहेको छ । संक्रमितको निःशुल्क उपचार गरेबापत सरकारले ती अस्पताललाई मासिक रूपमा शोधभर्ना रकम उपलब्ध गराउने गरेको छ ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *