मेडिकल काउन्सिल निर्वाचन : एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जनाको उमेदवारी

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र सदस्य निर्वाचन लागि ३५ जना चिकित्सकले उमेदवारी  दिएका छन्।  काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको लागि हुन लागेको निर्वाचनमा ३५ जनाले उमेदवारी दर्ता गराएका छन्।

उपाध्यक्षको लागि तीन जनाको र सदस्यको लागि ३२ जनाको उमेदवारी दिएका छन्। डा. शिवजी पौडेल, डा.रामपरीक्षण यादव र डा. प्रमोद कुमार यादवले उपाध्यक्षको लागि नाम दर्ता गराएका छन्।

त्यसैगरी, सदस्यमा डा. अजय सिंह थापा, डा. राजेश यादव, डा. प्रवीण कुमार गिरी , डा. कालु सिंह खत्री, डा. रिता कुमारी महासेठ, डा. प्रकाश पौडेल, डा. तोसिमा कार्की, डा. विना श्रेष्ठ, डा. हुलास अग्रवाल, डा. लक्ष्मी पाठन, डा. रमेश कुमार यादव, डा . सुलोचन लोहनी लगायतका चिकित्सकले सदस्यमा उमेदवारी दिएका छन्।

काउन्सिलको २०७८/०८२ सम्मको कार्यकालका लागि एक जना उपाध्यक्ष पद तथा आठ जना सदस्य पदका लागि आगामी मंसिर ३ र ४ गते उपत्यका बाहिर तथा मंसिर १० र ११ गते काठमाडौं उपत्यकाभित्र हुने निर्वाचन प्रयोजनका लागि नेपाल मेडिकल काउन्सिल, निर्वाचन समिति २०७८ ले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।

निर्वाचन कार्यतालिका अनुसार २०७८ कार्तिक १ र २ गते नेपाल मेडिकल काउन्सिलमा रितपूर्वकको उम्मेदवार मनोनयन दर्ता फारामहरू दर्ताको लागि प्राप्त भएकोले, उक्त मनोनयन दर्ता उपर कुनै दावी, विरोध भए कार्तिक ३ गते अपरान्ह ४ः ३० बजेभित्र दावी वा बिरोध गर्न सकिने छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *