निरन्तर बर्षाले विराट मेडिकल कलेज डुबानमा, बिरामीको बेड मुनि पानी भरियो

अविरल वर्षापछि आएको बाढीका कारण विराट मेडिकल कलेज डुबानमा परेको छ। पुरै अस्पताल जलमग्न भएपछि आजलाई (बुधबार) ओपिडी सेवा बन्द गरिएको छ।अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ।
अस्पतालको आकस्मिक, अब्जरबेसन, पार्किङस्थल, ओपिडी कक्ष र विभिन्न विभागीय कक्षमा पानी पसेको छ। ती कक्षका बेडहरुमा बिरामी भएपनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पुर्यायो भन्ने एकिन हुन नसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ।
अस्पतालभित्र बाढीलाई सफा गर्ने काम भइरहेको छ।
Ke dasaa aaiparyo medical college laai. Lau baadhi aru na badhos.