बढ्दै संक्रमित, एकैदिन १०९६ संक्रमित

हेल्थपोस्ट नेपाल

दशैंको शुरुवातसंगै तीन अंकमा झरेको कोरोना संक्रमित संख्या चार अंकमा बढेको छ।

पछिल्लो २४ घण्टामा १०९६ कोरोना संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार केही दिनको कोरोना संक्रमितको तुलनामा आज दोब्बर संक्रमित भेटिएका छन्।
कात्तिक १ गते ५९१ संक्रमित थिए भने हाज बढेर १०९६ पुगेको हो।

९ हजार ९१६ जनाको नमुना परीक्षण गर्दा पिसिआर विधिबाट ९७५ जना र १३९ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। देशभर संक्रमणका कारण ११ हजार ३०५ जनाको मृत्यु भएको छ।

संक्रमणका कारण गत २४ घण्टामा १००४ जना निको भएका छन्।

त्यस्तै, अझैपनि देशभर ११ हजार ८१५ सक्रिय संक्रमित रहेका छन् जसमध्य १० हजार ८६६ जना होम आईसोलेसनमा छन् भने ९४९ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

देशैभरका अस्पतालका आईसीयूमा २६७ जना उपचाररत छन् भने ८६ जना भेन्टिलेटरमा रही उपचाररत छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *