शाखा अधिकृत बासुदेव गजुरेल सरकारी सेवाबाट बर्खास्त
भविष्यमा सरकारी सेवामा अयोग्य ठहर

सरकारले तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाका शाखा अधिकृत बासुदेव गजुरेललाई सरकारी सेवाबाट बर्खास्त गरेको छ।
उनलाई किर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीलाई सरुवा गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको निजामती सेवा ऐन,२०४९ को दफा ६१ उपदफा(२) को खण्ड क बमोजिम नैतिक पतन देखिने फौजदारी सम्मानित मकवानपुर जिल्ला अदालत हेटौंडाको फैसलाबाट कसुर ठहरिएको जानकारी दिएको छ।
गजुरेल १९ पुस २०७५ देखि लागू हुने गरी भविस्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो ।
यसअघि उनलाई जिल्ला अदालत मकवानपुरले १९ पुस २०७५ मा कसुरदार ठहर गर्दै २ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश ध्रवकुमार पियाको इजलासको फैसलापछि गजुरेल फरार थिए।
Right