के कोरोना खोप लगाउनु अनिवार्य छ?

हेल्थपोस्ट नेपाल

विश्वका प्राय सबै देशहरुले कोरोना विरुद्धको खोप अनिवार्य गर्न थालेको छ। कोरोनाको डेल्टा भेरियन्टले अझै आक्रान्त मचाइरहेको समयमा खोप लगाउनमै बढि प्राथमिकता दिइएको छ।

कोरोना संक्रमण बढ्न कम नभएपनि न्यूजिल्याण्डले शून्य कोभिडको रणनीति त्यागेर गत हप्ता देखि खोप नलगाउने शिक्षक तथा चिकित्सकलाई काम नदिने घोषणा गरेको छ।

त्यस्तै, फिजी देशले पनि सरकारी तथा नीजि क्षेत्रका मानिसलाई खोप नलगाए जागिर गुमाउने चेतावनी दिएका थिए। अमेरिकामा चाँडै सामान्य जीवन फर्काउने आशा राख्दा राख्दै संक्रमण बढ्दै गएपनि राष्ट्रपति जो बाइडनले खोप लगाउन अनिवार्य गर्‍यो । ठूला कम्पनीहरुलाई आफ्ना सबै कर्मचारीलाई अनिवार्य खोप लगाउन वा हरेक हप्ता परीक्षणको रिर्पोट पठाउन निर्देशन दिइएको थियो।

त्यस्तै, साउदी अरेबिया र इटालीमा झनै कडा नियम लागू गरिएको छ। खाडी राजतन्त्रमा सरकारी तथा नीजि क्षेत्रमा काम गर्ने सबै कामदारले अनिवार्य उपस्थित भएर खोप लगाउनुपर्ने छ भने सरकारी कार्यालय, विद्यालय गाडी चढ्डा तथा देश बाहिर जाँदा खोप लगाएको प्रमाण देखाउनु जरुरी रहेको छ।

त्यस्तै, गत शुक्रबारबाट इटालीमा सबै कामदारले खोप लगाएको प्रमाण, इम्युनिटि तथा कोरोना परीक्षण गरी नेगेटिभ आएको प्रमाण लिएर कार्यालय जानुपर्दछ। जोसँग यी सबै प्रकृया पुरा गरिएको ‘ग्रिन पास’ हुँदैन उनीहरुलाई सस्पेन्ड गर्ने तथा पाँच दिन भित्रमा तलब बन्द गर्ने निर्णय गरेको छ। उक्त पास म्युजियम, जिम, रेष्टुरेन्ट तथा बस, ट्रेन र प्लेनमा चड्न पनि आवश्यक पर्दछ।

सरकारका यस्ता कदमले जनता आक्रोसित भई विरोध तथा प्रर्दशन गर्न थालेका छन्, भने कति देशमा यस विरुद्द अदालतमा मुद्दा समेत परेका छन्। विभिन्न देश खोप लगाउने नलगाउने आफ्नो इच्छा भएको, अनिवार्य गरेर मानव अधिकारको हनन् भएको भन्दै जुलुस तथा प्रदर्शन गरेका थिए।

युनिर्भरसिटि अफ लिभरपुलका मानव अधिकार कानुनका प्राध्यापक कान्सतानसिन देसायराउले अनिवार्य खोप लगाउनु र मानव अधिकारको एकआपसमा जोडिएको बताएका छन्।

उनका अनुसार यो विवाद १०० प्रतिशत मानव अधिकारसँग जोडिएको विषय हो। आफ्नो शरीरको बचाउ गर्न पाउनु र सहि उपचार पाउनु मानव अधिकार हो।

तर, जुन अधिकारको कुरा मानिस गरिरहेका छन्, त्यो जायज छैन। कुनै पनि सरकारले कारण बस उद्धेश्य प्राप्तीका लागि खोप अनिवार्य गर्न सक्छ,’ उनले भने।कतिपय व्यक्तिहरुमा कोरोना विरुद्धको खोप अनिवार्य गर्नु जायज हो, किनकी कोभिड–१९ गम्भीर तथा प्राणघात छ।

हालसम्म कोरोना भाइरसका कारण २३ करोड भन्दा बढि मानिस संक्रमित भइसकेका छन् भने ४९ लाख मानिसको मृत्यु भएको छ। त्यस्तै, महामारी कम गर्न विश्वमै लकडाउन गरिएको छ। जसले गर्दा लाखौं मानिस भोकमरी चपेटामा परेका छन्।

त्यस्तै, महामारीलाई रोक्न खोपको सृजना भएको छ भने यसले कुनै असर नगर्ने अनुसन्धानले पनि देखाएको छ।

मानिसको स्वतन्त्रता अनिवार्य खोपले नै हुन सक्ने अमेरिकाका अधिकारकर्मी डेभिड कोल र डयानिल माचले बताए। विश्व स्वास्थ्य संगठनले भने खोप अनिवार्य गर्नुपर्छ भन्ने पक्षमा छैन। तर छिटो छिटो सबै माझ खोप पुर्‍याउन आग्रह गरेको छ।

खोप लगाउनै पर्ने आवश्यकता भएपनि जर्बजस्ती अनिवार्य गरेर कसैलाई खोप लगाउन सही नभएको अधिकारकर्मी बताउँछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *