थपिए ५९१ संक्रमित, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९६९७ जनामा कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट ५२३ जना र एन्टिजेन विधिबाट ६८ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण ११ हजार २९३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, २४ घण्टामा ९३७ जना संक्रमण मुक्त भएका छन् भने ११ हजार ८७४ जना संक्रिय संक्रमित रहेका छन्।
आज मात्र २७ हजार ७०१ जनाले खोप लगाएका छन्।