मोहन वैद्यलाई भेट्न प्रचण्ड नर्भिकमा पुगे

हेल्थपोस्ट नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रचण्डले नर्भिक अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

 

वैद्यको स्वास्थ्य अवस्था बुझ्न उनी थापाथलीस्थित नर्भिक अस्पताल पुगेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए। उनी दमको रोगबाट पीडित रहेको बताइएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *