नेपाल डेन्टल एसोसिएशनले गर्याे डा. हुलास अग्रवाललाई सम्मान

डा. हुलास अग्रवाललाई नेपाल डेन्टल एसोसिएशनले सम्मानित गरेको छ।
नेपाल डेन्टल एसोसिएशन महाेत्तरी र सर्लाही शाखाले आयोजित सम्मान कार्यक्रममा डा. अग्रवाललाई सम्मानित गरेको हो। कोभिड–१९ महामारीमा डा. अग्रवालले डेन्टल क्षेत्रलाई सहयोग गरेकाले एशोसिएनले जनाएको छ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य शारदा देवी थापा प्रमुख अतिथिको रुपमा रहेकी थिइन्। त्यसैगरी एसोसिएशनका केन्द्रीय उपाध्यक्ष डा. अजय शाहकाे पनि सहभागिता थियाे।
डा. अग्रवालले कोभिड–१९ महामारी विभिन्न संस्थालाई स्वास्थ्य साम्रागी सहयोग गर्दै आएका छन्।