यी हुन् १२ औँ तहमा दाबी गर्ने २१ जना (सूचीसहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवातर्फ १२ औँ तह ( प्रमुख विशेषज्ञ) बढुवाका लागि २१ जनाले निवेदन दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० असोजमा बाह्रौं तहका लागि योग्यता पुगेका लागि १५ दिनभित्र निवेदन दर्ता गर्न अनुरोध गरेको थियो।

उक्त समयभित्र २१ जनाको नाम दर्ता भएको मन्त्रालयको स्रोतले जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा १२ औं तहमा बढुवा हुनका लागि ११ औं तहमा पाँच वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

मन्त्रालयले १२औं तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको हो।

११औँ तहको बरियतामा पहिलो नम्बरमा योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी छन्। त्यसैगरी, डा. भीमसिंह तिंकरी, डा. तारानाथ पोखरेल, डा. तारानाथ पौडेल,सुनीलराज र डा. कृष्णप्रसाद पौडेल लगायतका व्यक्ति छन्।

मन्त्रालयका अनुसार बढुवा गरिएका तीन जनामध्ये एक जनालाई मन्त्रालयमै जिम्मवारी दिने, एक जनालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा र एक जनालाई वीर अस्पतालको निर्देशकको जिम्मवारी दिने तयारी छ ।

मन्त्रालयले २१ जनाको सेवा अवधि, दुर्गममा काम गरेको, जेष्ठता आदि हेरेर नम्बरसहित सर्ट लिस्टिङ( संक्षिप्त सूची) बनाउने तयारी गरेको छ। मन्त्रालय स्रोतकाअनुसार हालै केही कर्मचारीको सेवाबाट अवकाश हुन लागेकाले उनीहरु रिटायर्ड भएपछि प्रकृया अगाडि बढ्ने मन्त्रालयको स्रोतले जनाएको छ।

बाह्रौं तहमा बढुवाका निवेदन दिएका कर्मचारीको सूची

यी हुन् प्रमुख बिशेष दाबी गर्ने २१ जना
१. डा. गुणराज लोहनी
२. डा. भिमसिंह तिंकरी
३. डा. तारानाथ पोखरेल
४. डा. सुनिलराज शर्मा
५. डा. कृष्ण प्रसाद पौडेल
६. डा. विकास देवकोटा
७. डा. संगिता कौशल मिश्रा
८. संजय कुमार ठाकुर
९. डा. श्याम सुन्दर यादव
१०. डा. दिप थापा मगर
११. डा.श्रीकृष्ण श्रेष्ठ
१२. डा.सुधा देवकोटा
१३. डा. आमिर बाबू श्रेष्ठ
१४. डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय
१५. डा. रघुनन्दन ब्याजु
१६. डा. टंक प्रसाद बाराकोट
१७.डा. प्रभा चापागाईं कोइराला
१८. गोमा देवी निरौला
१९.डा. शैली प्रधान
२०. डा. राम पद्मारथ विच्छा
२१. डा. सुदेश सुवेदी



Leave a Reply

Your email address will not be published. Required fields are marked *