केरलामा बाढी : ज्यान गुमाउनेको संख्या २६ पुग्यो

हेल्थपोस्ट नेपाल

भारतको केरला राज्यमा आएको बाढीमा परेर ज्यान गुमाउने संख्या २६ पुगेको छ। मृतकमध्ये पाँचजना बालबालिका रहेको बीबीसीले जनाएको छ।

शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढी र पहिराेले सयौं घरमा क्षति पुर्‍याएको छ भने दर्जनौं बेपत्ता छन्।

बाढीबाट केरलाका दुई जिल्ला इदुकी र कोट्याम बाढी प्रभावित बनेका छन्। ज्यान गुमाउने र बेपत्ता हुनेमध्ये यी दुई जिल्लाका बढी रहेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

बाढीका कारण स्थानीय सडक सञ्जाल अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागले आइतबार साँझ पनि वर्षा कायमै रहने भएकाले सचेत रहन अलर्ट जारी गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *