नेपालमा पाँच सयभन्दा कम कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७७ नुमना परीक्षणमा ३९१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ९६६ जनाको पिअिसार परीक्षण गर्दा ३८५ र एक हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ६८० संक्रमित निको भई डिस्चार्ज भएका छन्। मन्त्रालयको अनुसार २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।
आज देशभर १२ हजार २९७ जना सक्रिय संक्रमित छन्।तीमध्ये ११ हजार २७८ होम आइसोलेसन र संस्थागत आइसोलेसनमा एक हजार १९ संक्रमित छन्।
त्यसैगरी, ९८ भेन्टिलेटर सहित २९९ जना आइसियुमा राखि राखि उपचार भईरहेको छ।