डिएम र एमसिएच तहको प्रवेश परीक्षा अनलाइन आवेदन खुल्यो

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा डिएम र एमसिएचका तहको प्रवेश परीक्षाको अनलाइन आवेदन खुल्ला भएको छ।

चिकित्सा शिक्षा आयोगले विभिन्न विश्व विद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानमा भर्ना लागि प्रवेश परीक्षाको अनलाइन आवेदन फारम खुलेको जानकारी दिएको छ।

१७ कात्तिकसम्म अनलाइन फारम भरिसक्नुपर्ने आयोगले जनाएको छ।

२०७७–०७८ को लागि आयोगले डिएम र एमसिचएका लागि १० वटा कलेजको सिट तोकेको छ।

आयोगले डिएममा १२ र एमसिएचमा ६ गरी १८ वटा विषयका लागि सिट निर्धारण गरेको हो।

कार्डियोलोजीमा १३ वटा सिट तोकिएको छ भने ग्यासट्रोइन्टेरोलोजीमा ७ वटा, नेफ्रोलोजीमा ६, क्रिटिकल केयरमा ४ वटा, न्यारोलोजी तथा पल्मोनालोजीमा ३र३, हेपाटोलोजी तथा मेडिकल अंकोलोजीमा २र२ र इर्मजेन्सी मेडिसिन, इन्डोक्राइनोलोजीर मेडिकल हेमाटोलोजीमा १र१ सिट निधारण गरिएको छ।

त्यस्तै, एमसिएच विधामा युरोलोजीमा ११, न्युरो सर्जरीमा ९ वटा सिट, जिआई सर्जरीमा ८, प्लास्टिक सर्जरीमा ५, कार्डियो थोरासिक तथा भास्कुलर सर्जरीमा ५ र पेडियाट्रिक सर्जरीमा १ सिट निर्धारण गरिएको छ।

आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, काठमाडौं मेडिकल कलेज, केयू स्कुल अफ मेडिकल साइन्सेस, महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्सेस, नेसल एकेडेमी अफ मेडिकल साइन्सेस, नेपाल मेडिकल कलेज र नोबल मेडिकल कलेजका लागि सिट निर्धारण गरेको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *