भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन

हेल्थपोस्ट नेपाल

आउँदो कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। दसैंका कारण यस वर्ष मिति परिवर्तन गरिएको हो। यसअघि कात्तिक २ र ३ गते कार्यक्रम तय गरिएको थियो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिसमा सचिवस्तरीय निर्णयबाट नयाँ मिति तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भिटामिन ‘ए’, जुकाको औषधिसँगै बालभिटासमेत दिइनेछ।

सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका  बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागु भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *