मोहन वैद्य नर्भिक अस्पताल भर्ना, के भएकाे हाे?

हेल्थपोस्ट नेपाल

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको नर्भिक अस्पतालले जनाएको छ ।

नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *