वर्षा र बाढीबाट भारतमा १८ जनाको मृत्यृ, दर्जनौ बेपत्ता

हेल्थपोस्ट नेपाल

भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा १८ जनाको ज्यान गएको छ। अरु दर्जनौ व्यक्ति बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ। पहिरोमा परेर दजैनौ व्यक्ति बेपत्ता भएका छन्। केरलाको इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ।

कोट्याम जिल्लामा बढीले बढी क्षति पुर्‍याएको हिन्दुस्तान टाइम्सले जनाएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश यहिँका रहेका बताइएको छ। यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको छ। बाढीका कारण कतिपय स्थानीय सडकहरु अवरुद्ध भएका छन्। मौसम् विज्ञान विभागका अधिकारीहरुले आइतबार दिनभर वर्षा कायमै रहने बताएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *