ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग, कुन पदमा कति?

कैलालीको गौरीगंगा गाउँपालिकाले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा २७ जना स्वास्थ्यकर्मी माग गरेको हो।
गाउँपालिकाले विभिन्न विधाका २७ जना स्वास्थ्यकर्मी माग गरेको हो।
फार्मेसी सहायक पाँचौ तहमा एक जना, ओप्थामलीक असिस्टेन्ट पाँचौ तहमा एक जना, डेन्टल असिस्टेन्ट चौथो तहमा एक जना, अहेब चौथो तहमा तीन जना माग गरेको छ । यसैगरी, अनमी चौथो तह १९ जना माग गरेको छ भने ल्याब असिस्टेन्ट चौथो तहमा दुई जना माग गरेको छ ।
विज्ञापन खुलाइएको तीनहप्ता भित्र आवेदन दिनुपर्नेछ।