के होचो महिलाको बच्चा सानो हुन्छ ?

हेल्थपोस्ट नेपाल

हाम्रो समाजमा गर्भवती महिलाले खान हुने र नहुने भनेर खानेकुरालाई वर्गीकरण गरिएको पाइन्छ त्यसको पछाडी केही वैज्ञानिक कारण छन् ?

म कहाँ आएका कतिपय गर्भवती महिलाहरु पनि यस्तो खान हुन्छ वा हुन्न भन्ने अवधारणा लिएर आएका हुन्छन्। कुभिन्डो, कटहरजस्ता केही खानेकुरा जनावरहरूमा प्रयोग गरेका आधारमा खाना हुन्न भनेको त सुन्छु। तर, यस्ता कुराको पछाडी कुनै वैज्ञानिक आधार (लिट्रेचर) छैन्। यस्ता खानेकुरासँग जोडिएका कसैका अनुभवले यसो भनिरहेका होलान। हामी गर्भवति महिलालाई बरु खानेकुरामा विशेष र सन्तुलित खान सल्लाह दिन्छौ।

गर्भवती अवस्थामा कस्ता खानेकुरा प्रशस्त खानुपर्छ ?

खानेकुरा खाँदा कार्वोहाइडेड, भिटामिनजस्ता महत्वपूर्ण तत्वहरु प्राप्त गर्नेगरी रोज्नुपर्छ। गर्भावस्थामा कब्जियतको संभावना एवं जोखिम कम गर्न स्याऊजस्ता फाइबरयुक्त र सुन्तालाजस्ता रेसादार खानाले फाइदा गर्छ । सबैभन्दा महत्वपूर्ण कुरा त गर्भवतीअवस्थमा महिलाले बढी आइरन र क्याल्सियामयूक्त खानेकुरा खानुपर्छ।

बच्चाको हड्डि बढ्न क्याल्सियाम र हेमोग्लोबिनको सन्तुलनका लागि आइरन बढी पाइने खाना आवश्यक हुन्छ।

किन आइरन क्याल्सियम खानुपर्ने ?

गर्भवती अवस्थामा शरीरमा पानीको मात्रा बढ्न जान्छ । पाठेघरमा रगतको सप्लाई पनि बढ्छ । रगतको मात्रा बढेपनि रगतमा हुने विशेष तत्व होमोग्लोबिनको मात्रा भने उही रहन्छ। सामान्यतः नेपाली महिनामा हेमोग्लोबिन औसत भन्दा यसै पनि कम हुन्छ। शरीरमा रगत बढेपनि हेमोग्लोबिन त उस्तै हुन्छ। जसले गर्दा घुलन (डाइलुसन) बढी हुँदा हेमोग्लोबिन कम हुने र रक्तअल्पताको जोखिम हुन्छ। बच्चाको बृद्धि र हड्डी बलियो बनाउँन क्याल्सियम बढी खानुपर्छ। त्यसैले सामान्य भन्दा बढी मात्रामा क्याल्सियम र आइरन होस् भन्नका लागि हामीले चक्कीसमेत दिने गरिन्छ।

क्याल्सियमा र आइरनको मात्रा बढाउन के खाने त?

दूध अण्डा, माछा मासुबाट क्याल्सियमा प्राप्त हुन्छ । हरियो सागपात र कर्कलोबाट बढी आइरन पाइन्छ। महिलाले गर्भवती अवस्थासँगै बच्चालाई दूध खुवाइरहँदाको अवस्थामा पनि क्याल्सियमजन्य खानाको मात्रा बढाउनुपर्छ ।

गर्भवस्थामा आउनसक्ने जोखिमहरु के÷के हुन त ?

उच्च ज्वरो, रक्तचाप, महिलामा पहिलो तीन महिनासम्म सामान्य वाकवाकी लाग्न सक्छ। तर त्यही अवधिमा पनि धेरै वाकवाकी भयो भने त्यसले नकारात्मक असर पार्नसक्छ। तीन महिनपछि पनि वाकवाकी भइ नै रह्यो भने, कलेजोको समस्या वा पत्थरी होकी भन्ने जाँच गर्नुपर्छ। गर्भवती महिलामा रक्तश्राब भयो भने, त्यो बढी जोखिमयूक्त हुन्छ । तल्लो पेट बढी दुख्ने र रगत बग्ने समस्या देखिएमा बच्चा खेर जानसक्छ ।

पहिलो तीन महिनापछि खुट्टा सुन्नियो, धेरै तौल बढ्यो, ६ महिनापछि पनि बच्चा चलेन, पिसाब गर्दा दुख्ने पोल्ने भएमा स्वास्थ्य संस्था गएर एवं चिकित्सकसँग जाँच एवं परामर्श गराउनुपर्छ। ९ महिनाको वरपर जाँच गर्नुपर्छ। बच्चा पाठेघरमा कसरी बसेको छ भनेर महिलाले थाहा पाउँन सक्दैनन्। बच्चा तेस्रो वा उल्टो बसेमा सुत्केरी अवस्था बढी जोखिमयूक्त हुनसक्छ। त्यस्तो जोखिमपूर्ण अवस्था समयमै पहिचान भएमा जन्मिने समयभन्दा केही दिनअघि नै शल्याक्रियाबाट जन्माउन सकिन्छ ।

महिला होचो हुँदा गर्भावस्थामा बढी जोखिम हुन सक्छ र ?

महिला होचाे  हुँदा बच्चा पनि सानो हुने संम्भावना रहन्छ। ६ इन्चका महिलाले पनि बच्चा त पाइरहेका छन्। पुट्काको हड्डी पुग्दैन। सानो आमामा बच्चा आउने बाटो सानो हुने भएकोले स्वाभाविक रुपमा बच्चा जन्माउन अप्ठेरो भएमा सिजेरिङ गर्नुपर्न सक्छ। अन्यथा यस्तो अवस्थामा बेथा लामो लाग्ने टाउको अड्किने र पेटभित्र बच्चाको मृत्यु हुनसक्छ।

महिलाहरुले राम्रो बच्चा जन्माउनका लागि फोटो भित्तामा टाँसेको पनि देखिन्छ यसको केही कारण छ ?

राम्रो बच्चाको फोटो हेरेर त्यस्तै बच्चा जन्मिन्छ भन्ने कुरा पछाडी वैज्ञानिक कारण छैन्। यद्यपि गर्भावस्थामा केहोला कसो होला भनेर चिन्ता गरेर बसेको अवस्थामा तस्वीरले माहिलालाई आशावादी बनाउने र सकारात्मक सोचको विकास गर्ला भनेर फोटो टाँस्ने गर्छन्। राम्रो तस्वीर, राम्रो वातावरण, उज्यालो कोठा, स्वच्छ हावाले महिलाको मानसिकतामा राम्रो विकास गरिरहेको हुन्छ।

सरकारात्मक सोच र राम्रो वातावरणले सकारात्मक खालका हर्मन उत्पादन गर्छ। रिस, तनावजस्ता कुराले नकारात्मक हर्मोन बढाउँछ। जस्तो हर्मोन छ आमा र बच्चामा त्यस्तै प्रवाह पर्छ ।

डा.गीता गुरूङ
बरिष्ठ प्रसुति तथा रोग विशेषज्ञ

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *