धनुषामा एकको हत्या, मृतकको साथमा पत्रकारको कार्ड फेला

धनुषामा धारिलो हतियार प्रयोग गरी एकजनाको हत्या भएको छ।
धनुषाको नगराइन नगरपालिका–५ स्थित गंगुली र लबटोलीको बीचमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो। धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।
आइतबार बिहान स्थानीयले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेकाे धनुषा प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसारको मृतको खोजीबाट सञ्जीव पण्डित नाम भएको पत्रकारको परिचयपत्र फेला परेको छ। उक्त व्यक्ति सिरहाको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेका छ। यद्यपी पुष्टि हुन् बाँकी छ।