पत्रकार द्वारिका नेपालको निधन

पत्रकार द्वारिका नेपालको मस्तिष्कघातबाट निधन भएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत नेपालको आज बिहान पाँच बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दशैं मनाउन भनेर सपरिवार रौतहटस्थित पुरानो घर जाँदै गर्दा बाटैमा उनी अस्वस्थ भएका थिए ।
भरतपुरका चिकित्सकले मस्तिष्कघात भएको भन्दै काठमाडौं लगेर उपचार गर्न सल्लाह दिएपछि उनलाई दशैंको फूलपातीको दिन चितवनबाट हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो । तर उपचारको क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले बतायो ।
पत्रकार नेपाल चितवनमा कुशल शिक्षक र साहित्यकारको रुपमा पनि परिचित छन् । ४७ वर्षीय नेपाल कालिका एफएम र कालिका टेलिभिजनमा कार्यरत थिए ।